कान्तिपुर अध्यक्ष सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश

जेष्ठ ११, २०८१ | काठमाडौं

जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले अध्यक्ष सिरोहियामाथी लागेको आरोपको अनुसन्धान गर्न आइतबारसम्मका लागि हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय धनुषालाई अनुमति दिएको हो ।

कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियाका नाममा जारी नागरिकता नम्बर अर्का व्यक्तिसँग मिलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका मधेस प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषा प्रहरीमा जाहेरी दिएका थिए ।

 सोही आधारमा प्रहरीले सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयको कार्यकक्षबाटै पक्राउ गरी राति धनुषा पुर्याएको थियो । त्यसपछि गत बुधबार जिल्ला जिल्ला सरकारी वकिल कार्यालयले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतसमक्ष अनुमति मागेकोमा अदालतले ३ दिनको समय दिएको थियो ।

पहिलो पटक दिइएको समय हिजो नै सकिएपछि आज पुनः ५ दिन हिरासितमा राख्न सरकारी वकिल कार्यालयले अनुमति मागेकोमा अदालतले ३ दिनको समय दिएको हो । सिरोहियाका तर्फबाट कानुन व्यवुसायीहरुले उनलाई गैरकानुनी रुपमा धरपकड गरएको र नागरिकता विवादको विषय थुनामा राख्न नपर्ने खालको भन्दै रिहा गर्न माग गरेका थिए ।

वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्तहरु रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले बहस गर्नुभएको थियो । मुद्दाको पक्ष र विपक्षीको बहस सुनेपनि न्ययाधीश ज्ञवालीको इजलाशले थप हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रवन्ध निर्देशक रहेका बखत सहकारीको बचत अपचलन गरेको प्रमाणसहित कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन÷प्रसारण गरिरहेको थियो ।

त्यसपछि गृहमन्त्री लामिछानेले संसददेखि पार्टीका कर्यक्रम तथा सामाजिक सञ्जालमार्फत कान्तिपुरबिरुद्ध पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिइरहेको पृष्ठभूमिका उहाँ अध्यक्ष रहेको राष्ट्रिय स्जवतन्त्र पार्टी मधेस प्रदेश कार्यसमिति सदस्य महतोले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया विरुद्ध धनुषा प्रहरीमा नागरिकतासम्बन्धी कसुरमा जाहेरी दिएका थिए ।


प्रतिक्रिया