कान्तिपुर अध्यक्ष सिरोहियाको गिरफ्तारी संविधान र विधिको शासन विपरीतः पूर्व राष्ट्रपति यादव

जेष्ठ १२, २०८१ | पोखरा

पूर्व राष्ट्रपति डा.रामवरण यादवले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी संविधान र विधिको शासन विपरीत भएको बताउनुभएको छ ।

पोखरामा आज नेपाल पत्रकार महासंघ कास्कीको अधिवेशनको उद्घाटन गर्दै पूर्व राष्ट्रपति यादवले सरकारको कदम संविधान, कानुन र विधिको शासनको नियम विपरीत भएको बताउनुभएको हो ।

आफू पनि जनकपुरकै स्थानीय भएकाले कान्तिपुरका अध्यक्ष सिरोहिया परिवारलाई नजिकबाट चिनेको पूर्व राष्ट्रपति यादवले बताउनुभयो । 


प्रतिक्रिया