सरकारले १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्यायो

जेष्ठ १५, २०८१ | काठमाडौं

सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राख्दै १८ खर्व ६० अर्व ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

संघीय संसदको संयुक्त सदनलाई सम्वोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि योजना आयोगले दिएको सीमा भन्दा थोेरै बढाएर बजेट ल्याउनुभएको हो । योजना आयोगले आगामी आर्थिक वर्षका लािग १८ खर्वको बजेट सिलिङ तोकेको थियो ।

चालु आर्थिक वर्षमा भन्दा चालु खर्चमा केही कटौती गरिएको छ भने पुजिगत खर्च वृद्धि गरेको छ । सरकारले गत वर्ष भन्दा १ खर्व १ अर्व रुपैयाँ बढीको बजेट ल्याएको छ । 

शिक्षा, पुर्वाधार विकास , रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेर आगामी सरकारले आगामी बजेट निर्माण गरेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ११ खर्व ४० अर्व ६६ करोड बजेट विनियोजन गरेको छ । 

विकास निर्माणका लागि पुजिगत तर्फ ३ खर्व ५२ अर्व ३५ करोड रुपैया बजेट विनियोजन गरेको छ ।

यस्तै वित्तीय व्यवस्थापन तर्फ ३ खर्व ६७ अर्व १८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । प्रदेश र स्थानीय तर्फ हस्तान्तरण हुने अनुदान तर्फ सरकारले ४ खर्व ८ अर्व २७ करोड बजेट विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यन्व्यनका लागि राजश्वतर्फ १२ खर्व ६० अर्व ३० करोड लक्ष्य निर्धारण गरेको छ । यस्तै आन्तरिक ऋणतर्फ ३ खर्व ३० अर्व एवं वैदेशिक ऋण २ खर्व १७ अर्व ६७ करोड रुपैयाँको लक्ष्य निर्धारण गरेको छ । 

यस्तै वैदेशिक अनुदान तर्फ ५२ अर्व ५३ करोड रुपैयाँ लक्ष्य निर्धारण गरिएको छ ।  


प्रतिक्रिया