पूर्वी नवलपरासीमा ढल खन्ने क्रममा पुरीएर ३ मजदुरको मृत्यु

जेष्ठ ३१, २०८१ | काठमाडौं

पूर्वी नवलपरासीको कावासोतीस्थित फलफुल चोकमा ढल निकास लागि खाल्डो खन्दा ३ जना मजदुरको मृत्यु भएको छ ।

२ जनाको जिल्ला अस्पताल लैजाँदा गर्दा मृत्यु भएको हो भने अर्की एक महिला मजदुरको खाल्डामै पुरीएर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक बिक्रम रिजालका अनुसार गम्भिर घाइते भएर उपचारकालागि जिल्ला अस्पताल डण्डा लगिएका मजदुरहरु तानमायाँ गाहा मगर, सोती रानाको मृत्यु भएको हो ।

खाल्डोमा पुरीएकी अर्की मजदुर चमेली दर्लामी मगरको समेत मृत्यु भएको छ । उनिहरु सबै कावासोती कै हुन् । करिब ८ फिट गहिरो ढलखनेको स्थानमा थुपारेको माटो खसेर मजदुर पुरीएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक बेद बहादुर पौडेलले बताउनुभयो ।

राजमार्ग किनारमै नाला खन्दा कावासोती नगरपालिका र ठेकेदारले प्रयाप्त सावधानी नअपनाएको भन्दै स्थानियले बिरोध गरेका छन् ।    


प्रतिक्रिया