ताप्लेजुङमा बाढी र पहिरोको कारण सयौँ घरपरिवारहरु प्रभावित

असार १, २०८१ | काठमाडौं

ताप्लेजुङको उत्तर पश्चिम क्षेत्रमा बाढी र पहिरोका कारण सयौँ घर परिवार प्रभावित भएका छन् ।

सो क्षेत्रमा चार जनाको ज्यान जानेगरी बाढी पहिरो गएकाले सिरिजंगा गाउँपालिका वडा नम्वर ६ स्थित मामांखे र वडा नम्वर ८ स्थित याम्फुदिनका परिवार प्रभावित भएका हुन् ।

बाढी र पहिरोका कारण आफूहरुको क्षेत्र सुरक्षित नरहेको याम्फुदिनका वडा अध्यक्ष कृष्ण गुरुङले बताउनुभयो ।

वर्षाले भोटेगाउँ बाहेक अन्यत्र स्थानमा असर गरेकाले वडावासीलाई सुरक्षित ठाउँ बस्न अनुरोध गरिएको उहाँको भनाइ छ ।

वर्षापछि पहिरो निरन्तर आईरहेकाले घरमा बसोबास गर्न कठिन भएको मामांखेका स्थानीयवासीले बताएका छन् ।

प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको टोलि परिचालन गरिएको हाम्रा सहकर्मीले जनाएका छन् ।

पहिरोका कारण सडक भत्किएकाले मर्मत गर्दै प्रभावित क्षेत्रमा पुग्न समस्या भएको बताइएको छ ।  


प्रतिक्रिया