बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कंग्रेसका नेता बहादुरसिंह लामा नियुक्त

श्रावण ८, २०८१

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कंग्रेसका नेता बहादुरसिंह लामा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादबचन्द्र शर्माले आज साँझ नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो ।

माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै वाग्मती प्रदेशमा कांग्रेस–एमालेको सरकार निर्माण भएको हो । आज विहान कांग्रेस र एमालेका ६४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । संघीयता कार्यन्वयन भएपछि बागमति प्रदेशमा कंग्रेसको नेतृत्वमा पहिलो पटक सरकार बनेको हो । यसअघि एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रबाट मात्र बागमति प्रदेशमा मुख्यमन्त्री भएका थिए । 

यसैबीच वाग्मती प्रदेश सरकारमा सत्तारुढ एमाले र कंग्रेसबीच मन्त्रालयको भागबण्डा परिवर्तन गरिएको छ । ती दलको वैठकले मन्त्रालयको भागबण्डासहित आलोपालो सरकार नेतृत्व गर्ने विषय टुंग्याएको हो । सहमति अनुसार प्रदेशको सुरुवातमा नेपाली काङ्ग्रेसका दलका नेता बहादुर सिंह लामा २० महिना र त्यसपछि नेकपा एमालेका दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति बनेको छ ।

सहमति अनुसार एमालेले भौतिक पुर्वाधार सहित ६ मन्त्रालय र काङ्ग्रेसले मुख्यमन्त्री सहित ७ वटा लिने भएका छन् । 


प्रतिक्रिया