बागमतीमा मन्त्रीमण्डल विस्तारः मन्त्री संख्या १४ पुग्यो

श्रावण १२, २०८१ | काठमाडौं

बागमती प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली काँग्रेसको तर्फबाट ४ जना मन्त्री थप्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ गराउनुभयोे । हरिप्रभा खड्गीलाई सामाजिक विकास मन्त्रालय, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय तथा मिनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

युवा नेता कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालय र श्याम खड्काले खानेपानी उर्जा तथा सिचाईं मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । मन्त्री थपिएसँगै बागमतीमा मन्त्रीको संख्या १४ पुगेको छ । काँग्रेसबाट मन्त्री भएका मदुकुमार श्रेष्ठको भने मन्त्रालय तोकिएको छैन ।

प्रदेशमा अहिले १३ वटा मन्त्रालय भएपनि १४ जना मन्त्री नियुक्त गरिएको छ । भागवण्डाका लागि एउटा मन्त्रालय विभाजन गर्ने तयारी भएको छ । केन्द्रीय सत्ता समीकरणअनुसार प्रदेशमा काँग्रेस र एमालेबीच सत्ता सहकार्य भएको हो ।


प्रतिक्रिया