लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेशन आहृवान
पुस ९, २०८१ | देउखुरी
लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेशन पुष १६ गतेका लागि आहृवान भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले पुष १६ गते प्रदेश सभा अधिवेशन आहृवानका लागि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशको बर्खेर् अधिवेशन भदौ ३१ गतेसम्म चलेर अन्त्य भएको थियो । बर्खे अधिवेशन सकिएको साढे तीन महिनापछि सरकारले हिँउदे अधिवेशन आहृवान गर्न लागेको हो ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी इश्वरीप्रसाद आचार्यका अनुसार बर्खे अधिवेशनले ६ विधेयक पारित गरेको थियो । लुम्बिनी प्रदेश सभालाई सरकारले बिजनेस दिन नसक्दा लामो समय अधिवेशन आहृवान हुन सकेको थिएन् ।
प्रदेश सभाको पाँचौं बैठकले प्रदेश सभाबाट पारित भएर सभामुख तुलाराम घर्तीले प्रमाणीकरण गरेर प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर समक्ष प्रमाणीकरणका लागि पठाउनु भएको थियो । तर, प्रदेश प्रमुख घर्तीले दुवै विेधयक पुर्नविचार गर्नुपर्ने आवश्यकता देखिएको सन्देशसहित असोज २२ गते पुनः प्रदेश सभामै फिर्ता पठाईदिनु भएको थियो ।
दुवै विधेयक पुनः छलफलका लागि पेश गर्न प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिमा लैजाने प्रदेश सभाको तयारी छ । प्रदेश प्रमुखको सन्देशसहित फिर्ता भएका दुवै विषय प्रदेश सभामा पेश गर्ने समय कार्यव्यवस्था परामर्श समितिकै बैठकबाट निर्णय हुने प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताउनुभयो ।
पुष १६ गते बस्ने प्रदेश सभाको बैठकमा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुनेछ । सो विधेयक आर्थिक मामिला मन्त्रालयले प्रदेश सभामा सचिवालयमा दर्ता गरिसकेको छ ।