माओवादी केन्द्र विभाजन हुँदैनः अध्यक्ष दाहाल

श्रावण ३१, २०८१ | काठमाडौं

नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी विभाजन नहुने बताउनुभएको छ ।

स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले राखेको फरक धारणापछि माओवादी केन्द्रभित्र विभाजनको विषयले प्रवेश पाएको थियो ।

सोही प्रसंगमा काठमाडौंको पेरिस डाँडास्थित पार्र्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले पार्टी विभाजनको चर्चामा सत्यता नभएको बताउनुभएको हो ।

स्थायी समिति बैठकमा आज अध्यक्ष दाहालले सदस्यहरुले उठाएको विषयको जवाफ दिनुभएको थियो । यसैबीच, माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले एकीकृत समाजवादीसँग एकताका लागि छलफल भइरहेको बताउनुभएको छ ।

स्थायी समिति बैठकपछि बोल्दै सापकोटाले वामपन्थी एकीकरण आवश्यक भएकाले समाजवादीसँग छलफल भइरहेको बताउनुभएको हो । यता, एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने कुनै पनि पार्टीसँग एकीकरण गर्नेबारे छलफल नभएको बताउनुभएको छ ।  


प्रतिक्रिया