रामेछाप पहिरोः शव परिवारलाई हस्तान्तरण, चारजना अझै बेपत्ता (अपडेट)

भाद्र ९, २०८१

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएको पहिरोमा परी मृत्यु भएका छ जनाको शव घटनास्थलमै परीक्षण गरी परिवारलाई हस्तान्तरण गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको हो । पहिरोमा परी शैलुङ–३ की ३० वर्षीया चण्डिका श्रेष्ठ, उनका १८ महिने छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीया सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो । 

चार जना पहिरोमा हराएका छन् । उनीहरुको खोजी भइरहेको र पहिरो एक किलोमिटर लामो भएकाले खोजतलासमा समस्या भएको स्थानीय प्रशासनले जनाएको छ । अविरल वर्षाका कारण गएराति खसेको पहिरोले तीनवटा घर बगाएको थियो भने एउटा घर पुरिएको थियो । 


प्रतिक्रिया