पूर्व नवलपरासीको त्रिवेणीमा सेफ्टी ट्याङ्कीमा निसासियर ३ जनाको मृत्यु

भाद्र १४, २०८१ | नवलपरासी

पूर्वी नवलपरासीस्थित बिनयीत्रिवेणी गाउपालिकाको त्रिवेणीमा सेफ्टी ट्याङ्की सफागर्न जाँदा घरधनीका छोरा सहित ३ जनाको  निसास्सिएर मृत्यु भएको छ ।

त्रिवेणीको रानीनगरमा निर्माणाधिन सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा आज विहान निस्सासिएर उनीहरुको मृत्यु भएको हो । 

प्रहरी चौकि त्रिवेणीका अनुसार २८ वर्षका  प्रकाश सिंह क्षेत्रि (घरधनीका छोरा), उनका छिमेकी गणेश बोगटी, मजदुर मोहाम्बत राजाको मृत्यु भएको हो ।

 सेफ्टी ट्याङ्कीमा अक्सिजनको कमी भएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया