सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस

आश्विन ११, २०८१ | काठमाडौं

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यान्द पाण्डेको नाम सिफारिस गरेको छ ।

परिषद्को आजको बैठकले उहाँहरुलाई सिफारिसको निर्णय गरेको हो । बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश पाण्डेलाई नियुक्तिका लागि सिफारिस गरेको हो । सिफारिस भएका निरौला र पाण्डेको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ ।

सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्नुपर्ने भएपनि अन्यको नाममा सहमति नहुँदा २ जनाको मात्र सिफारिस भएको हो। कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसियशनका विरोधका बाबजुद् समेत परिषदले सर्वोच्चमा २ जना न्यायाधीश सिफारिस गरेको हो ।

यस्तै, बैठकले न्याय परिषद् (पहिलो संशोधन) नियमावली २०८० को कार्यान्वयन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनमा उल्लिखित सुझावको कार्यान्वयन सम्बोधनका लागि वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई तोक्ने निर्णय गरेको छ । 


प्रतिक्रिया