पहिरोले अरनिको र बीपी राजमार्ग अवरुद्ध

आश्विन १२, २०८१ | बनेपा

अविरल वर्षाका कारण आएको बाढी र पहिरोले अरनिको र बीपी राजमार्ग अवरुद्ध भएको छ । 

अरिनको राजमार्ग अन्र्तगत बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेकाले राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिनुभयो । 

उहाँका अनुसार अरनिको राजमार्ग अन्र्तगत धुलिखेल–खावा सडक खण्डको विभिन्न स्थानमा आएको पहिरोका कारण सो क्षेत्रमा पनि यातायात सञ्चालन अवरुद्ध भएको छ । 

त्यस्तै, जिल्ला स्थिती बीपी राजमार्गमा पनि शुक्रबारदेखि नै यातायात सञ्चालन अवरुद्ध भएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार वर्षासहित आएको बाढी र लेदोका कारण राजमार्गका विभिन्न स्थान अवरुद्ध भएका छन् । बाटो खुलाउनको लागि प्रहरी, स्थानीय निकाय र सडक विभागसँग आवश्यक समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया