पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक खण्ड एकतर्फी सञ्चाल

आश्विन १९, २०८१ | काठमाडौं

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्ने सडक खण्डको यातायात एकतर्फी रुपमा सञ्चालमा आएको छ ।

 हिजो साँझ सडक भासिएर मर्मत गरी मध्यरातिबाट एकतर्फी सञ्चालनमा आएको सो क्षेत्रको यातायात आज बिहानबाट फेरि अवरुद्ध भएको थियो । तर अवरोध हटाएपछि अहिले एकतर्फी रुपमा यातायात सञ्चालनमा रहेको हाम्रा सहकर्मीले जनाएका छन् । 

बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएको हो । यसअघि असोज १४ गते पनि सोही स्थानमा सडक भासिएको थियो । लगातारको वर्षाले विभिन्न स्थानमा सडक चर्किने र भासिने गरेको छ ।


प्रतिक्रिया