चौंथो युवा सम्मेलन रुपन्देहीमा
पुस ६, २०८१ | तिलोत्तमा
नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा चौंथो पटक युवा उद्यमी सम्मेलन हुँदैछ । शनिबार बिहान साढे ११ बजेदेखि सुरु हुने सम्मेलनमा देशभरबाट युवा उद्यमीको सहभागीता नेपाली युवा उद्दमी मञ्चका अध्यक्ष रिशव ओझाले जानकारी दिनुभयो ।
यो सम्मेलन युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीको खोजी तथा मुलुक भित्र पर्याप्त अवसर र सम्भावनाको खोजी गरी युवालाई मुलुकभित्र भविष्य खोज्न सम्मेलन केन्द्रित हुने उहाँले बताउनुभयो । स्थानीय, प्रदेश, संघीय सरकार, राजनीतिक दल, युवासँग सम्बन्धित सरोकारवाला निकाय लगायत सबैलाई युवा उद्यमशिलतालाई अझै प्रवर्धन, विकास र बिस्तारमा सम्मेलनले सहयोग पुग्ने मञ्चको विश्वास छ ।
स्वदेश मै युवा उद्यमशिलता जागरण पैदा गर्नको लागि राजधानी बाहिर मोफसलमा चौथो पटक सम्मेलन हुन थालेको संयोजक प्रविना घिमिरेले बताउनुभयो । विभिन्न सफल उद्यमीले आफ्नो प्रस्तुति दिने सम्मेलनमा देशभरबाट करीब ४ सय ५० भन्दा बढीको सहभागीता रहने उहाँले जानकारी दिनुभयो । सम्मेलनको प्रमुख अतिथिको रुपमा पूर्व स्वास्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन कुमार थापा रहनेछन् ।
सम्मेलनमा मुख्य वक्ताको रुपमा वल्ड लिक कम्युकेशन प्रालिका संस्थापक दिलीप अग्रवालले उद्दमशिलता सम्बन्धि आफ्नो विशेष प्रस्तुति दिनुहुनेछ । सम्मेलनको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको घिमिरेको भनाई छ ।
युवा उद्दमी मन्च रुपन्देही उपाध्यक्ष अनिस कसौधनका अनुसार सम्मेलनमा विभिन्न सफल उद्दमीले प्रेरणादायी आफ्नो अनुभव शेयरिङ्ग गर्ने कार्यक्रम रहेको छ । यो सेसनमा माउन्ट एभरेष्ट कथ्था प्रालिका अध्यक्ष बसन्त रोक्का र सिद्धार्थ ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा अर्को महत्वपूर्ण सेसन उद्दमशिलता यात्राको बारेमा जानकारीमुलक शेयरिङ्ग गर्ने कार्यक्रम रहेको छ । यो सेसनमा सिंगापुर बेभेरेज नेपालका संस्थापक प्रबन्ध निर्देशक आशिष शर्मा, पहाडी फुडसका सस्थापक प्रबन्ध निर्देशक प्रसान्त घिमिरे, मेरो किनमेलका को–फाउन्डर सीइओ सन्तोष कण्डेल रहने छन् ।
त्यस्तै, सम्मेलनको अर्को महत्वपूर्ण कार्यक्रम प्यानल डिस्कसन रहेको छ । स्वदेश मै उद्दमशिलता कसरी निर्माण गर्ने, अवसर कहाँ छ र सम्भावना के छ ? त्यसलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने थिममा छलफल हुनेछ ।
प्यानल डिसकसनमा सिद्धीविनाय मोटोक्रोपका अध्यक्ष सुनिल कसजु, नेपाल पर्यटन बोर्डका प्रबन्धक शारदा श्रेष्ठ, कोकाकोला बेभेरेज नेपालको पब्लिक अफएर्स एन्ड कम्यूनकेसनका निर्देशक स्नेह राजभण्डारी, कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आर्चाय रहने आयोजकले जानकारी दिएको छ ।
चौंथो युवा सम्मेलनबाट विषेशगरी युवा उद्यमीको बीचमा सम्पर्क सञ्जाल विस्तार, नवोदित उद्यमीबीचमा प्रेरणादायी सम्बन्ध बिस्तार साथै व्यवसायिक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, अवसर, चुनौतिको विषयमा छुट्टाछुट्टै छलफलपछि घोषणा पत्र जारी गरी सम्मेलन सम्पन्न हुनेछ ।