खोज, उद्दार र राहत वितरण प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन

आश्विन २०, २०८१

गृहमन्त्री रमेश लेखकले खोज, उद्दार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उहाँले हेलिकप्टर प्रयोग गरेर भएपनि राहत वितरण गर्न निर्देशन दिनुभएको हो ।

पूर्ण रुपले घर क्षति भएका र रहात पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउन गृहमन्त्री लेखकले निर्देशन दिनुभयो ।

विपदको समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एक भएर काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।   


प्रतिक्रिया