मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनमा २५ दल सहभागी हुने

आश्विन २०, २०८१ | काठमाडौं

आगामी मंसिर १६ गतेका लागि घोषणा गरिएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगद्वारा जारी विज्ञप्तिमा यही असोज १० देखि १६ गतेसम्म दिइएको समय अवधिमा प्राप्त २६ निवेदनमध्ये २५ वटा दल दर्ता भएको उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पहिलो पटक स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ । आयोगको यसअघि सार्वजनिक निर्वाचन तालिका अनुसार मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । यस्तै मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । 


प्रतिक्रिया