नेपाल संवत् ११४५ आजबाट सुरु
कार्तिक १७, २०८१ | काठमाडौं
नेपाल संवत् ११४५ आजदेखि सुरु भएको छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।
नेपाल संवत् को अवसरमा काठमाडौं उपत्यकाकाका विभिन्न स्थानमा सांस्कृतिक नाचगान सहितको ¥याली निकालिएको छ ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत् को सुरुवात गरेका थिए ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नु भएको थियो ।