फास्ट ट्रयाकको भौतिक प्रगति ३७ प्रतिशत

माघ ४, २०८१ | मकवानपुर

काठमाडौं–तराई दु्रतमार्ग सडक आयोजना निर्माणमा भौतिक प्रगति ३७ प्रतिशत बढी पुगेको देखिएको छ । 

नेपाली सेनाका अनुसार आयोजनाको समष्टिगत भौतिक प्रगति ३७ दशमलव ६० र वित्तिय प्रगति ३९ दशमलव ५६ प्रतिशत पुगेको हो । अहिलेसम्म आयोजनामा झन्डै ७२ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ । यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले द्रुतमार्ग निर्माणको आज अवलोकन गर्नुभएको छ ।

 उहाँले लेनडाँडा, धेद्रे र महादेबटार सुरुङ मार्गको अवलोकन गर्नुभएको हो । हालसम्म लेनडाँडामा १ हजार ६ सय १२ मिटर लम्बाइको सुरुङ र धेद्रेमा १ हजार ७ सय २८ मिटर सुरुङ मार्ग निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाका अनुसार द्रुतमार्गमा सातवटा सुरुङ निर्माण हुनेछन् ।

 जसको कुल लम्बाइ १० दशमलव ९ किलोमिटर रहनेछ । ती क्षेत्रमा आकाशे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । सरकारले राष्ट्रिय गौरवको सो आयोजना २०८३ चैतभित्र पूरा गर्ने गरी म्याद थप गरेको थियो । 


प्रतिक्रिया