चितवनमा युवकमाथि कुटपीट गर्ने प्रहरी अधिकृत निलम्बित

माघ ७, २०८१ | काठमाडौं

चितवन प्रहरीले सुरक्षा जाँचका क्रममा एक युवकमाथि कुटपिट गर्ने प्रहरी अधिकृतलाई निलम्बित गरेको छ ।

एक युवकमाथि निर्घात कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भई सर्वत्र आलोचना भएपछि प्रहरीले सो घटनाको कारबाही प्रकृया अघि बढाएको हो । सो घटनामा भरतपुर महानगरपालिका–११ गणेशस्थानस्थित अस्थायी प्रहरी बिटका प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल संलग्न रहेको पाइएपछि निलम्वन गरिएको हो ।

सो घटना गत पुस १५ गतेको भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी ज्ञानकुमार महतोले बताउनुभयो । सो घटनामा थप अनुशन्धान गर्न डिएसपी महतोकै संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । 


प्रतिक्रिया