संसदको हिउँदे अधिवेशन माघ १८ गते शुरु हुने

माघ ७, २०८१ | काठमाडौं

संघीय संसदको हिउँदे अधिवेशन यहि माघ १८ गते शुरु हुने भएको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन माघ १८ गतेका लागि बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

संसदको अधिवेशन नबोलाएर अध्यादेशको भरमा शासन गर्न खोजेको भन्दै आलोचना भइरहेका बेला सरकारले हिउँदे अधिवेशन बोलाएको हो । सरकारले आगामी अधिवेशनमा केही महत्वपूर्ण विधेयक पारित गर्ने तयारी गरेपनि कुन कुन विधेयक अघि बढ्ने भन्ने निक्र्यौल भइसकेको छैन ।

हिउँदे अधिवेशन बोलाउन सरकारले ढिलाइ गरिरहेको भन्दै विपक्षी दलहरुले तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशनको माग गर्ने चेतावनी दिएका थिए ।  


प्रतिक्रिया