पाथिभरा केबलकार विवादः निर्माण क्षेत्रको बाँकी रुख काट्न सुरु

माघ ३०, २०८१ | ताप्लेजुङ

सरकारी प्रतिनिधि र पाथीभरामा केबलकार निर्माणको विरोधमा आन्दोलनरत समूहद्धारा गठित समन्वय समितिको वार्ता भाँडिएपछि केबलकार निर्माण कम्पनीले पाथिभरा क्षेत्रको बाँकी रुख कटान गरेको छ । बटम स्टेशन माथिका रुख आज कटान गरिएको बताइएको छ । यसअघि गत जेठको पहिलो साता ८० प्रतिशत रुख कटान गरेको थियो ।

बाँकी २० प्रतिशत मध्ये १७ प्रतिशत कटान सकिएको र अब बटम स्टेशन आसपासका केही रुखहरु मात्रै बाँकी रहेको कम्पनीका एक अधिकारीले बताए । यसअघि वार्ता समिति र सरकारी टोलीबीचको प्रारम्भिक ६ बुँदे सहमतिमा बटम स्टेशन माथिको काम नगर्ने उल्लेख थियो । तर आन्दोलनरत समूहले दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेपछि रुख कटान गरिएको कम्पनिका प्रतिनिधिको भनाई छ । साना–ठूला गरी छ हजार रुख कटान गर्नुपर्ने देखिन्छ ।

आन्दोलनरत पक्षले दोश्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिसकेका छन् । यसैबीच, आन्दोलनरत समूहले सदरमुकाम फुङलिङस्थित ग्लोबल आइएमई बैंकमा आज धर्ना दिएका छन् । उनीहरुले फागुन ७ गतेसम्म धर्ना, पदयात्रा, फुङलिङ नगरपालिका घेराउ लगायतका कार्यक्रम घोषणा गरेका छन् । 


प्रतिक्रिया