नेपालमा धर्म परिवर्तन गर्न अमेरिकाले दिएको रकमबारे छानविन गर्न राप्रपाको माग

फाल्गुन ४, २०८१ | काठमाडौं

प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालमा धर्म परिवर्तनका लागि अमेरिकी सरकारले रकम उपलब्ध गराएको भनिएको विषयबारे छानविनको माग गरेको छ । 

धर्म परिवर्तनका लागि अमेरिकाले ठूलो धनराशी खर्चिएको भन्ने विषयमा भारतको संसदमा समेत आवाज उठेको भन्दै राप्रपाले सो विषयमा नेपाल सरकारले ध्यान दिनुपर्ने बताएको हो । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै राप्रपाका सांसद धवलशमशेर राणाले धर्म परिवर्तनका लागि दिइएको रकमबारे अमेरिकासँग कूटनीतिक नोट पठाएर सरकारले जवाफ माग्नुपर्ने बताउनुभयो । 

धर्म निरपेक्षताको विरोधमा जनता आन्दोलनमा उत्रिने बेला भइसकेको उहाँले उल्लेख गर्नुभयो । 


प्रतिक्रिया