कुम्भमेलाबाट फर्किदा दुर्घटनामा परि तीनजना नेपालीको मृत्यु

फाल्गुन ५, २०८१

भारतको प्रयागराजबाट कुम्भमेलामा स्नान गरेर घर फर्किदै गर्दा सडक दुर्घटनामा तीन जना नेपाली नागरिकको मृत्यु भएको छ । दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दीपा खनाल र ४० वर्षिया गीता शर्माको मृत्यु भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले बताउनुभयो । दुर्घटनामा ५ जना घाइते भएका छन् । 

घाइते हुनेमा देवदह–९, भलुहीकी कोपिला पोखरेल, उनका छोरा शुभम पोखरेल, आविष्कार पराजुली र यमकलादेवी मगर छन् । दुर्घटनामा सवारी चालक भारतीय नागरिक रितेश दुबे समेत घाइते भएका छन् । एसपी राठौरका अनुसार, प्रयागराजबाट स्नान गरेर फर्किर्दै गर्दा आज बिहान भारतको उत्तरप्रदेशस्थित बाराणासी–आजमगढ राजमार्गस्थित सडकको डिभाइडरमा कार ठोक्किएको थियो । घटनाबारे भारतीय पक्षसंग समन्वय गरि थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया