सहकारी ठगी मुद्दाको धरौटी विरुद्ध रविद्वारा उच्च अदालत पाटनमा निवेदन

चैत्र ८, २०८१ | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको धरौटी माग आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गर्नुभएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गत माघ २ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेसँग ६० लाख रुपैयाँ धरौटी माग गरेको थियो । सो आदेश चित्त नबुझेको भन्दै लामिछानेले बदरको मागसहित उच्च अदालत पाटनमा निवेदन दर्ता गर्नुभएको हो ।
उहाँले आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गर्नुभएको छ । लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेको आरोप छ ।