जनमत र नागरिक उन्मुक्ति पार्टीको कार्यदलको बैठक बर्दियामा

चैत्र २४, २०८१ | बर्दिया
मधेश र तराईमा गत आमनिर्वाचनमा उदाएका जनमत र उन्मुक्ति पार्टी एकताका लागि बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा पहिलो कार्यदलको बैठक बस्दैछ ।
कार्यदलको बैठकले विधान मस्यौदा प्रतिष्ठापनका लागि समिति बनाउने नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीले आइतबार बस्ने बैठकले मूर्तरुप दिने बताउनुभयो ।
पार्टी एकीकरणका लागि बैशाख ५ र ६ गते टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको बैठक बस्ने उहाँले जानकारी दिनुभयो । गुलरियास्थित चौधरीको घर बिहान सिके राउतसँग भेटवार्तापछि दुबै जना अमरपुर प्रस्थान गर्नु भएको हो ।
संक्षिप्त कुराकानीमा जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय दलको आधारमा राष्ट्रिय दलको हैसियतले एकीकरणको नेतृत्व जनमत पार्टीले लिने बताउनुभयो ।
एकीकरणका लागि दुबै पार्टीबीच कुनै डिमाण्ड नभएको अध्यक्ष राउतले बताउनुभयो । ‘केही कुरामा समझदारी नभए दुबै पार्टीले अडान छाड्नै छौं,’ उहाँले भन्नुभयो, ‘जति छिटो हो एकीकरणको मुद्दा छिट्टै टुंग्याउने छौ । पहिचानको मुद्दा दुबै पार्टीको हो ।’