चोरमारामा डाइभसर्न निर्माण गरेर यातायात सञ्चालन

वैशाख ३०, २०८२ | नवलपरासी पूर्व

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्वको चोरमारास्थित गिरिबारी पुल भासिएपछि वैकल्पिक सडक खुलाएर सवारी साधन सञ्चालन गरिएको छ । 

पुल भासिएर राजमार्ग पूर्ण रुपमा बन्द भएपछि गएराति १२ बजेदेखि नै वैकल्पिक सडक खुलाएर सवारी साधन आवतजावतको व्यवस्था मिलाएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार चोरमारा बजारबाट केही तल हुँदै गाडीलाई वारपार गराइएको छ । चोरमारा बजारबाट दक्षिणमा रहेको नवजागरण क्याम्पस नजिकबाट गाडीलाई पूर्वपश्चिम हिँडने वैकल्पिक सडक हुँदै वारपार गराइएको उहाँले जानकारी दिनुभयो ।

साना र यात्रुबहाक गाडीलाई प्राथामिकतामा राखेर यातायात सञ्चालन गराइएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । २०३१ मा निर्माण गरिएको जीर्ण फलामे पुल गएराति करिब १० बजेतिर भासिएपछि यातायात आवगमन बन्द गरिएको थियो । 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्वकै दुम्कीवासको फलामे पुल भाँच्चिएको ४ महिनापछि त्यस्तै प्रकृतिको चोरमारामा पुल भाँच्चिएको हो ।


प्रतिक्रिया