विद्यालय शिक्षा सम्बन्धी विधेयकः संसदीय समितिमा आज पनि जुटेन सहमति

असार १२, २०८२ | काठमाडौं

विद्यालय शिक्षा सम्बन्धी विधेयकमा संसदीय समितिमा आज पनि सहमति हुन सकेन । सरकार र शिक्षक महासंघबीचको सहमति अनुसार असार १५ गतेभित्र विधेयक पारित गर्ने भनिएपनि सम्वन्धित संसदीय समितिमा केही बिषय टुंगो लाग्न सकेको छैन ।

भोलिसम्ममा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिभित्र विधेयकका सबै बिषयमा सहमति खोजेर प्रतिनिधिसभामा अघि बढाउने तयारी भएको छ । निजी विद्यालयको संरचना, प्रारम्भिक बाल विकास (इसीडी) र शिक्षक अनुमतिपत्रको विषयमा सहमति हुन नसकेको बताइएको छ ।

त्यस्तै, निजी विद्यालयलाई कम्पनी मोडलमै चलाउने कि गुठीअन्तर्गत भन्ने विषय र इसीडीलाई विद्यालय मातहत राख्ने कि नराख्ने भन्ने विषयमा सहमतिको प्रयास भइरहेको छ । समिति सदस्यहरुबीच एसइइ परीक्षा प्रदेश सरकार मातहत राख्ने र जिल्ला शिक्षा कार्यालयको संरचना यथावत् राख्ने विषयमा भने सहमति जुटेको एक सदस्यले बताए । आजको बैठकमा सहमति नभएको विषयमा थप छलफलका लागि भोलि विहान ११ बजेपछि बैठक बस्ने सांसदहरुले बताएका छन् । 


प्रतिक्रिया