प्रतिनिधिसभाबाट तीन विधयेक पारित गर्ने तयारी

असार १४, २०८२

सरकारले प्रनितिधि सभाबाट आज विभिन्न तीन वटा विधयेक पारित गर्ने तयारी गरेको छ । बैठक बिहान ११ बजेटका लागि बोलाइएको छ । 

सरकारले प्रतिनिधि सभाको बैठकबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधयेक २०८१, आर्थिक विधयेक र ‘राष्ट्र ऋण उठाउने विधयेक’ प्रतिनिधिसभाबाट पारित गर्ने तयारी गरेको हो । 

गृहमन्त्री रमेश लेखकले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधयेक २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यसअघि आर्थिक विधयेक २०८२ माथि प्राप्त संशोधनसहित छलफल हुनेछ । 

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधयेक २०८२ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, अर्थमन्त्री पौडेलले ‘राष्ट्र ऋण उठाउने विधयेक’ २०८२ माथि दफावार छलफल सदनमा गरियोस् प्रस्ताव पेश गर्ने र पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभयो ।


प्रतिक्रिया