स्पेन घटनाबारे प्रधानमन्त्रीको जवाफः अराजकतावादी र प्रतिपक्षीले भ्रम फैलाए

असार २९, २०८२ | काठमाडौं

केही साताअघि स्पेन भ्रमणका क्रममा मानव तस्करी भएको विषयबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ ।

भिजिट भिसा मार्फत मानव तस्करी भएको विषय प्रतिनिधिसभामा समेत उठीरहेका बेला प्रधानमन्त्री ओलीले विरोधका लागि अराजकतावादी र प्रतिपक्षीले भ्रम फैलाएको आरोप लगाउनुभयो । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षीहरुले योजनाबद्ध रुपमा आफू विरुद्ध प्रचार गरेको बताउनुभयो ।

घटनाबारे विभिन्न क्षेत्रबाट आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले सो बारे जवाफ दिनु आवश्यक नभएको बताउनुभयो ।  झुटमा आधारीत भएर राजनीति नगर्न प्रधानमन्त्री ओलीले आग्रह गनुर्भभयो ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेन भ्रमणमा गएकाहरु नेपाल नफर्किएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदमा आजाव उठाएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली दुई साताअघि स्पेन भ्रमणमा जानुभएको थियो । 


प्रतिक्रिया