स्पेनमा मानव तस्करी भएको बारे छानविन गर्न विपक्षी दलको माग

असार २९, २०८२ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा मानव तस्करी भएको भन्दै प्रतिपक्षी दलहरुले प्रतिनिधिसभामा आज पनि विषय उठान गरेका छन् । रास्वपा सांसद सुमना श्रेष्ठले भिजिट भिसाको आवरणमा मानव तस्करी भएको बताउनुभयो । सोबारे अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने श्रेष्ठले माग गर्नुभयो ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि स्पेन भ्रमणका क्रममा नफर्किएका व्यक्ति सम्बन्धी घटनाका लागि छानविन गर्न समिति बनाउनुपर्ने माग गरेको छ । सो पार्टीका सासंद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा मानव तस्करी भएको विषय पुष्टि भएको बताउनुभयो ।

यता, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रकी सांसद रेखा शर्माले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस रकम माग गरेको विषयबारे प्रधानमन्त्रीको जवाफ माग गर्नुभयो ।  


प्रतिक्रिया