प्रतिनिधिसभामा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक प्रस्तुत

असार २९, २०८२ | काठमाडौं
सरकारले प्रतिनिधिसभामा केही विधेयक अघि बढाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक प्रस्तुत गरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले सो विधेयक पेश गर्नुभएको हो । प्रविधिको प्रयोग र पहुँच बढ्दै गएसँगै साइबर सुरक्षाका घटना रोकथाम गर्न, साइबर सुरक्षाका घटना सम्बन्धी प्रतिक्रियात्मक काम गर्न तथा अनुसन्धान गर्न सरकारले यो विधेयक ल्याएको हो । संवेदनशील सूचना, पूर्वाधारका धनी तथा साइबर सुरक्षा सेवा प्रदायकलाई नियमन तथा व्यवस्थित गर्न विधेयक तयार गरिएको सरकारले जनाएको छ ।
यस्तै, प्रतिनिधिसभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गर्नुभएको छ । त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।