नवनियुक्त तीन मन्त्रीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

भाद्र ३०, २०८२ | काठमाडौं

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रीमण्डलमा सहभागी भएका रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालले राष्ट्रपति भवन परिसरमा आज शपथ ग्रहण गर्नुभएको हो । अर्थविद् खनाललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, घिसिङले उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । कानूनविद् अर्याललाई गृह र कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ ।

अन्य मन्त्रालयको जिम्मेवारी भने तत्कालका लागि प्रधानमन्त्री कार्कीले सम्हाल्नुभएको छ । शीतल निवासको परिसरमा टेन्ट टाँगेर बनाइएको मञ्चमा नवनियुक्त मन्त्रीहरुको शपथ गरिएको थियो । 


प्रतिक्रिया