नेतृत्व हस्तान्तरण गर्न एमाले बौद्धिक परिषदको सुझाव

रेडियो कान्तिपुर संवाददाता

आश्विन १७, २०८२ | काठमाडौं

एमालेको बौद्धिक परिषदले नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव दिएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै परिषदले केही दिनअघि बुझाएको सुझाव पत्रमा जेनजी आन्दोलनले लामो समय एउटै व्यक्तिलाई निरन्तरता दिँदा आक्रोश समेत व्यक्त भएकाले क्षमतावान नेतालाई पार्टीको नेतृत्वको रुपमा स्थापित गर्नुपर्ने औंल्याइएको छ । 

परिषद्का अध्यक्ष गजेन्द्रप्रसाद थपलियाले हस्ताक्षर गरेर महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेको पत्रमा पार्टीको नेतृत्व हस्तान्तरण गर्न महाधिवेशन आयोजना गर्नुपर्ने र तत्काल सो काम गर्न प्राविधिक रुपमा सम्भव नभएकाले विद्यमान विधानकै अधिनमा यथाशीघ्र निर्णय गर्नुपर्ने बताउनुभएको छ ।


प्रतिक्रिया