वर्षाका कारण विभिन्न स्थानमा गरी अहिलेसम्म ४४ जनाको मृत्यु

आश्विन १९, २०८२ | काठमाडौं
लगातारको वर्षापछि विपद्का कारण विभिन्न स्थानमा गरी अहिलेसम्म ४४ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार, इलाममा पहिरोमा परेर ३७ जनाको मृत्यु भएको छ ।
त्यस्तै, रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । पाँचथरमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ भने खोटाङ र उदयपुरमा खोलाले बगाएर एक÷एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
पछिल्लो जानकारी अनुसार, रसुवामा खोलाले बगाएर चार जना र इलाममा पहिरोमा परेर एक जना वेपत्ता भएका छन् ।
त्यस्तै, इलाम, पाँचथर, भोजपुर, खोटाङर मकवानपुरमा गरी पहिरो र चट्याङका कारण १६ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार इलामको माङसेबुङबाट दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।