सिमरा घटनामा ओलीको आपत्ति, दुर्गा प्रसाईलाई रिहा गर्न माग

मंसिर ३, २०८२ | काठमाडौं

एमाले अध्यक्ष केपी शर्मा ओलीले सिमरा घटनालाई लिएर आपत्ति जनाउनुभएको छ । पार्टीलाई सभा र भेला गर्न नदिन एमालेमाथि आक्रमण गरिएको ओलीको भनाइ छ । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सो धारणा राख्नुभएको हो ।

अराजक गतिविधिलाई नियन्त्रण गर्न उहाँले सरकारलाई आग्रह समेत गर्नुभएको छ । अर्को प्रसंगमा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ । बोलेकै भरमा पक्राउ गर्नु गलत भएको उहाँको भनाइ छ ।

सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको भन्दै पक्राउ परेका प्रसाई अहिले प्रहरी हिरासतमा हुनुहुन्छ । काठमाडौं जिल्ला अदालतले उहाँलाई चार दिन हिरासतमा राख्न हिजो अनुमति दिइसकेको छ । 


प्रतिक्रिया