२९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक

रेडियो कान्तिपुर संवाददाता

मंसिर ३, २०८२

काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा आयोजित २९ औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्य पदक हात परेको छ । कार्तिक २० देखि २९ सम्म सञ्चालित प्रतियोगितामा सेन्ट जेभियर्स स्कुल गोदावरीमा कक्षा १० मा अध्ययनरत सौर्यम श्रेष्ठले नेपालका लागि सो पदक हात पार्नुभएको हो । 

नेपाल एस्ट्रोनोमिकल सोसाइटी सन् २०१८ बाट अन्तर्रास्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुँदैछ । नेपालले सन् २०१९, २०२३ तथा २०२५ मा कास्य पदक हात परेको थियो । सन् २०१४ बाट सुरु राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडबाट हरेक वर्ष विद्यार्थीहरुले विभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडहरुमा भाग लिदै आएका छन् ।

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगता हो । यस प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि सिफारिश गरिदै आइरहेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । सन् २०१४ बाट सञ्चालन गरिएको यस प्रतियोगिताबाट ३ हजारभन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परिक्षण गरिसकेका छन् । नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय ओलिम्पियाडमध्ये राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड कक्षा ८–१२ अध्ययनरत १३–२० वर्षका विद्यार्थीहरुलाई जुनियर तथा सिनियर विधामा छनौट गरी अन्तर्राष्ट्रियस्तरमा नेपालको तर्फबाट उत्कृष्ट गर्ने सातै प्रदेशमा छनौट परिक्षा सञ्चालत हुने एक राष्ट्रिय कार्यक्रम हो ।


प्रतिक्रिया