एमसीसीका लागि ५० मिलियन डलर थप हुने

मंसिर ३, २०८२ | काठमाडौं

नेपालमा कार्यान्वयनका क्रममा रहेको एमसीसी परियोजनाका लागि अमेरिका सरकारले थप ५० मिलियन डलर सहयोग गर्ने भएको छ । 

मिलेनियम च्यालेन्ज कर्पोरेसनले परियोजनाका लागि झण्डै ७ अर्ब नेपाली रुपैयाँ बराबरको रकम थप गरेको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ । 

यससँगै सो सम्झौताअन्तर्गत उपलब्ध कुल हुने रकम ७४ करोड ७० लाख अमेरिकी डलर अर्थात् झण्डै १ खर्ब ६ अर्ब नेपाली रुपैयाँ पुगेको छ । त्यसमध्ये अमेरिकाको तर्फबाट ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहेको दूतावासले जनाएको छ । 

थप गरिएको रकमले प्राथमिकताप्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्न सहयोगी हुने अपेक्षा गरिएको छ । 


प्रतिक्रिया