कांग्रेसको असहयोगपछि मधेशका मुख्यमन्त्रीद्वारा राजिनामा
मंसिर १७, २०८२ | काठमाडौं
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजिनामा दिनुभएको छ । विश्वासको मतका लागि बसेको प्रदेशसभा बैठकका क्रममा मुख्यमन्त्री यादवले पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको हो ।
विश्वासको मत माग्ने क्रममा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले बैठक बहिस्कार गरेसँगै यादवले विश्वासको मत पाउने आधार नदेखेपछि कांग्रेसको असहयोगका कारण राजिनामा दिनुपरेको बताउनुभयो ।
यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्रीको नियुक्तीलाई लिएर चर्को विवाद भएपछि प्रदेशको राजनीति तरङ्गित भएको छ । यसैबीच मुख्यमन्त्री यादवले पदबाट राजिनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनका लागि बाटो खुलेको छ ।











