एन्फाको निर्वाचन रोक्न उच्च अदालत पाटनद्वारा अल्पकालीन अन्तरिम आदेश

रेडियो कान्तिपुर संवाददाता

पुस २८, २०८२ | काठमाडौं

अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको एकल इजलासले अर्को छलफल भएर आदेश नआउँदासम्मका लागि आगामी माघ २८ गते हुने भनिएको एन्फाको निर्वाचनका कुनै पनि गतिविधि अगाडि नबढाउन आदेश गरेको हो । 

उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश समेत गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गतेका लागि पेसी तोकेको छ । निर्वाचनका लागि एन्फाले निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको थियो ।


प्रतिक्रिया