मलेसियाद्वारा एआई मोडेल ग्रोकको प्रयोगमा प्रतिबन्ध

रेडियो कान्तिपुर संवाददाता

पुस २८, २०८२ | काठमाडौं

मलेसियाले अमेरिकी अर्बपति एलन मस्कको स्वामित्वमा रहेको कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल ‘ग्रोक’को प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

सो एआइले प्रयोगकर्ताको सहमति बिना आपत्तिजनक तस्बिर सिर्जना गर्ने गरेको पाइएपछि अस्थाइ रुपमा प्रतिबन्ध लगाइएको हो । मलेसियन कम्युनिकेसन एन्ड मल्टिमिडिया कमिसनले ग्रोकका विकासकर्ता एक्सएआइ र सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई कानुन अनुसारका सुरक्षा व्यवस्था लागू गरि समस्या समाधान गर्न निर्देशन दिएको छ ।

समस्या समाधान नहु्ँदा सम्मका लागि त्यसको प्रयोगमा प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इन्डोनेसियाले ग्रोकमाथि औपचारिक प्रतिबन्ध लगाएको भोलिपल्ट मलेसियाले अस्थाई प्रतिबन्ध लगाएको अलजजिराले जनाएको छ ।

इन्डोनेसिया ग्रोकलाई औपचारिक रुपमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको छ।यस्तै,बेलायत, जर्मनी, फ्रान्स र अष्ट्रेलियालगायत देशका अधिकारीहरुले ग्रोकले उत्पादन गर्ने आपत्तीजनक विषयलाई लिएर अलोचना गर्दै कारबाही गर्नुपर्ने माग गर्दै आएका थिए ।  


प्रतिक्रिया