कांग्रेसलाई कमजोर पार्ने राष्ट्रिय–अन्तर्राष्ट्रिय तानाबाना बुनिए : कोइराला
माघ १, २०८२ | काठमाडौं
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कमजोर पार्न चाहने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वार्थलाई रोक्न नसकिएको बताउनुभएको छ । आज एक अपिल जारी गर्दै नेता कोइरालाले यसबीच दृश्यमा देखिएका र नदेखिएका अनेक अन्तरविरोधबाट आफूहरु गुज्रनुपरेको उल्लेख गर्नुभएको हो
उहाँले भन्नुभएको छ–“राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।” कंग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्नेमा इमानदार प्रयास रहेपनि त्यसो हुन नसकेको कोइरालाको भनाइ छ ।










