कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिदैं

रेडियो कान्तिपुर संवाददाता

पुस ३०, २०८२ | काठमाडौं

विशेष महाधिवेशन पक्षधर नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरले आफूहरुलाई गरिएको कारवाहीको औचित्य नभएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपस्थित विशेष महाधिवेशनलाई सम्वोधन गर्दै उनीहरुले देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिसकेको बताएका छन् । 

नेता थापाले विशेष महाधिवेशनको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिने दावी गर्नुभयो । विशेष महाधिवेशनबारे आयोगलाई जानकारी गराइसकिएको  थापाले बताउनुभयो ।

थापाका अनुसार विशेष महाधिवेशनमा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिनेछ । आज राति ९ बजे बाट निर्वाचन शुरु गर्ने तयारी भएको नेताहरुले बताएका छन् । निर्वाचनले नयाँ कार्यसमिति चयन गर्ने नेता थापाले बताउनुभयो ।अर्का नेता विश्वप्रकाश शर्माले कंग्रेसलाई बदल्ने जिम्मेवारी पुरा गर्दा कारवाही गरिएको भन्दै आपत्ति जनाउनुभयो । 

यसैबीच, कंग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना नभएको जानकारी निर्वाचन आयोगलाई गराएको बुझिएको छ । विशेष महाधिवेशन पक्षधरहरु भने नयाँ कार्यसमिति चयन भएपछि आधिकारिकको बिषय लिएर निर्वाचन आयोग जाने भएका छन् । 

प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्नु केही दिनअघि नेपाली कंग्रेसमा कुन पक्षले आधिकारिकता पाउँछ भन्ने बिषयमा चासो व्यक्त भएका छन् । प्रत्यक्षतर्फ आउँदो माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यतालिका तय भएको छ । 


प्रतिक्रिया