राष्ट्रिय लिग फुटबलमा लालिगुराँस एशोसियसनसँग जावलाखेल युथ क्लब पराजित

रेडियो कान्तिपुर संवाददाता

माघ १, २०८२ | काठमाडौं

काठमाडौंमा जारी राष्ट्रिय लिग फुटबलमा ए डिभिजन लिग क्लब जावलाखेल युथ क्लब पहिलो खेलमा पराजित भएको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जवलाखेल लालिगुराँस एशोसियसनसँग १–० गोलले पराजित भएको हो । 

लालिगुराँसको जितमा खेलाको दोस्रो मिनेटमा राज भुसालले गरेको गोल निर्णायक बन्यो । जितसँगै लालिगुरासँले ३ अंक जोडेको छ । यसैबीच आज नै भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लबले बराबरी खेलेका छन् ।

 ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुई टोलीलले गोलरहित बराबरी खेलेका हुन् । बरबरीसँगै दुई टोलीले १–१ अंक बाँडेका छन् । 

यसैबीच अब भोलि हुने खेलमा ए डिभिजन लिगमा रहेका दुई क्लब मच्छिन्द्र फुटबल क्लब न्यू रोड टिमबीच दशरथ रंगशालामा साँझ ७ बजे प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । १७ टोली सहभागी लिगको उपाधि विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 


प्रतिक्रिया