कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

रेडियो कान्तिपुर संवाददाता

माघ ९, २०८२ | काठमाडौं

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बोलाइएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिको बैठक पहिलो पटक पार्टी मुख्यालयमा बस्न लागेको हो । आजको बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आज पार्टी कार्यालयमा पदबहाली गरेसँगै केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । 

यसअघि नवनिर्वाचित केन्द्रिय कार्यसमितिका दुई वटा बैठक भने पार्टी कार्यालय बाहिरै बसेका थिए । आजको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरिएको केन्द्रिय सदस्य मनोजमणि आचार्यले जानकारी दिनुभयो ।

 बैठकमा चुनावी परिणाम आफ्नो पक्षमा पार्न कार्यतालिका बनाएर आवश्यक योजना र रणनीतिका साथ अघि बढ्ने कांग्रेसको योजना छ । कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले निर्वाचनको तयारीबारे बैठक बोलाइएको बताउनुभयो । कांग्रेसले १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया