निर्वाचन आयोगले आज उम्मेद्वारलाई चुनाव चिह्न प्रदान गर्दै

रेडियो कान्तिपुर संवाददाता

माघ ९, २०८२ | काठमाडौं

प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत आज निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दैछ । यो संगै उम्मेदवारलाई आजै चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

 यसअघि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गराएका उम्मेद्वारले आफ्नो नाम फिर्ता लिन सक्ने छन् । त्यस लगत्तै आयोगले १ बजेदेखि ३ बजेसमम उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने छ । ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका राखिएको छ । चुनावचिन्ह पाएसंगै उम्मेदवारले औपचारिक रुपमा प्रचार प्रसार गर्न पाउने छन् ।

 निर्वाचनमा १ सय १४ राजनीतिक दल सहभागी छन् । मुलुकभरका १ सय ६५ प्रत्यक्षतर्फको निर्वाचन क्षेत्रका लागि अहिलेसम्म ३ हजार ४ सय ८९ जनाले मनोनयन दर्ता गराएका छन् । यसमध्ये नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीको उम्मेदवारी भने निर्वाचन आयोगले खारेज गरेको छ । फागुन २१ क लागि तोकिएको मतदान गर्ने समय आउन ४१ दिन बांकी छ । 


प्रतिक्रिया