हिमाली क्षेत्रमा वैकल्पिक व्यवस्था गरिने निर्वाचन आयोगको भनाइ
माघ १८, २०८२ | काठमाडौं
निर्वाचन आयोगले बर्षा र हिमपात भएमा हिमाली क्षेत्रमा चुनाव गराउनका लागि वैकल्पिक व्यवस्था गरिने बताएको छ । हिमाली क्षेत्रमा चुनाव हुन नसक्ने भन्दै कतिपय दलका नेताहरुले फागुन २१ गतेका लागि निर्धारित निर्वाचनप्रति आशंका गरिरहेका बेला आयोगले ती क्षेत्रको हकमा वैकल्पिक व्यवस्था गरिने बताएको हो ।
यसैबीच, आयोगले निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छापिसकेको जनाएको छ । त्यस्तै, प्रत्यक्षतर्फ २५ जिल्लाका लागि मतपत्र तयार भइसकेको आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यसैबचि, सुदूरपश्चिमका ४६ वटा मतदानस्थललाई हिमपात हुन सक्ने क्षेत्रको सूचिमा राखिएको छ । बाजुराका २२, डडेल्धुरामा १९ र बझाङमा पाँच वटा मतदानस्थललाई हिमपात हुन सक्ने जोखिमको सूचिमा राखिएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् ।









