निर्वाचन आयोग : चुनावी घोषणापत्र फागुन ३ सम्म सार्वजनिक गर्न निर्देशन
माघ २७, २०८२ | काठमाडौं
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनावी घोषणापत्र सार्वजनिक गर्न र निर्वाचन आयोगमा पेस गर्न निर्देशन दिएको छ । आयोगले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार २१ फागुनमा निर्वाचनमा भाग लिने दलहरूले निर्वाचन आयोगमा चुनावी घोषणापत्र पेस गर्नुपर्ने छ । यसका लागि आयोगले आगामी फागुन ३ गतेसम्मको समय दिएको छ ।









