कन्फ्रेन्स लिगको सेमिफाइनल समीकरण पूरा

वैशाख ४, २०८३ | काठमाडौं

कन्फ्रेन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपेली क्लब फुटबलको तेस्रो ठूलो प्रतियोगिताको पहिलो सेमिफाइनलमा साख्तर डोनेस्क र क्रिस्टल प्यालेस भिड्ने छन् ।

अर्को सेमिफाइनलमा भने रायो भालेकानो र स्ट्रसबर्गबीच प्रतिस्पर्धा हुनेछ ।

दुई लेग चलेको क्वाटरफाइनलमा समग्रमा साख्तरले एजेलाई ५–२ र प्यालेसले फियोरेन्टिनालाई ४–२ ले हरायो ।

यस्तै समग्रमा भालेकानाले एईके एथेन्सलाई ४–३ र स्ट्रसबर्गले मेन्जलाई ४–२ ले पराजित गरेको थियो ।


प्रतिक्रिया