भोलिबाट प्रचारका लागि सभा र जुलुस गर्न पाइने
फाल्गुन ३, २०८२ | काठमाडौं
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्ने भूमिका निर्वाह गर्न आग्रह गरेको छ । मतदाता र उम्मेदवार दुवैलाई निर्वाचनमा निर्वाध सहभागी हुने वातावरण बनाउनुपर्ने आयोगको भनाइ छ ।
यसैबीच, आयोगले आचारसंहिता उल्लंघनका घटनामा शुन्य सहनशीलताको नीति लिएको बताएको छ । आचारसंहिता उल्लंघन गरेमा उम्मेदवारी खारेजीसम्मको व्यवस्था भएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।
सामाजिक सञ्जालबाट हुन सक्ने निर्वाचन विरोधी गतिविधिलाई कडाइपूर्वक नियमन गरिने आयोगले जनाएको छ ।
यसैबीच, आगामी निर्वाचनका लागि दल र उम्मेदवारले भोलिबाट सभा जुलुशसहितको प्रचारप्रसार गर्न पाउने भएका छन् । आगामी १८ गतेसम्म प्रचार गरेपछि दुई दिनको मौन अवधि तोकिएको आयोगले जानकारी दिएको छ ।











